राष्ट्र बैंकको निर्देशनपछि प्रभुको बैंकको लाभांशमा भयो परिमार्जन |
काठमाडौं । प्रभु बैंकले यसअघि दिने भनेको लाभांशमा परिमार्जन गरेको छ । बैंकले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नै बैंकले पूर्वघोषित लाभांश प्रस्ताव परिमार्जन गरेको हो । बैंकले यसअघि ५ प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएपनि बैंकले लाभांशमा परिमार्जन गरेको हो ।
राष्ट्र बैंकको निर्देशनपछि बैंकले नगद लाभांश कटौती गर्दै बोनस शेयर मात्र वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । प्रस्तावित नयाँ लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।