राजदूत लक्की शेर्पाले दिइन् राजीनामा |
काठमाडौं । मानव बेचबिखनको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । उनले अष्ट्रेलियाबाट नेपाल आएको केही दिन पनि नबित्दै परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।
आफ्नै गाडीचालकले मानव बेचबिखन गरेको आरोप लगाएपछि विवादमा परेकी उनलाई सरकारले काठमाडौंमै बोलाएर स्पष्टिकरण मागेको थियो । त्यसपछि पुनः अष्ट्रेलिया पुगेकी उनले फर्केर आएपछि राजीनामा दिएकी हुन् । यद्यपि राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन् ।