यूनिभर्सल पावरको आईपीओ माघ २५ देखि, ५० देखि ५ हजार कित्तासम्म आवेदन दिन पाइने |
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले यही माघ २५ गतेबाट सर्वसाधारणको लागि प्रथामिक शेयर निष्कासन (आईपीओ) को विक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पहिलो चरणमा २१ लाख ३५० कित्ताको आइपीओ पुस १५ देखि मा १३ सम्म विक्री गरिएको थियो । सोबाट बाँकी रहेकोसमेत गरी ९३ लाख २७ हजार ४१० कित्ता शेयरको आइपीओ विक्री गर्ने भएको छ ।
कर्मचारीका लागि १ लाख ८६ हजार ४५८ कित्रा र सामूहिक लगानी कोषका लागि ४ लाख ६६ हजार ३७० कित्ता शेयर छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयरको आइपीओ खुला गर्ने भएकको हो । यसको लागि न्युनतम ५० र अधिकतम ५ हजार अधिकतम ५० लाख कित्ता शेयरको लागि आवेदन दिन पाइने छ । यसको शेयर आवेदन माघ २५ मा खेलेपछि छिटोमा माग २९ र ढिलोमा फागुन २६ मा बन्द हुने भएको छ ।
११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावित क्षेत्र अन्तर्गत दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि यस्तो आइपीओ विक्री गरेर सर्वसाधाणको लागि खुला गरेको हो ।
१ करोड १३ लाख कित्ता संस्थापक, २१ लाख कित्ता आयोजना प्रभावित र बाँकी ७५ लाख कित्ता शेयर सर्वसाधारणबाट गरी यसको कुल २ अर्ब १० करोड रुपैयाँको चुक्ता पुँजी पुराउने भएको छ । यसले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दिएको शेयर विक्री नभएको अवस्थामा त्यसलाई समेत जोडेर सर्वसाधारणको लागि शेयर जारी गरकोे कारण सर्वसाधारणबाट ८६ लाख कित्ताको निम्ति आवेदन माग गरेको छ ।
इक्रा नेपालबाट इक्रा एनपी आइपीओ ग्रेड ४ प्रमाणपत्र पाएको यो कम्पनीको प्रतिशेयर आम्दानी ०.८६ रुपैयाँ ऋणात्मक छ । यसले तीन वर्षमा १० रुपैयाँ ४६ पैसा शेयर आम्दानी पुर्याउने भएको छ ।
यसको हाल नाफा नै नभएकोले आगामी ३ वर्षमा २१ करोड ९८ लाख नाफा गर्ने प्रक्षेपण गरिएको छ । यसले सर्वसाधारणको लगानी ७ वर्षमै फिर्ता गर्ने जनाएको छ । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।