मिसन डेभलपमेन्ट बैंकको नाफा ४ करोड |
काठमाडौं । मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा ३ करोड ७४ लाख रुपैयाँ मात्र कमाएको थियो ।
५७ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ९ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ संकलन गरी कर्जामा ४ अर्ब १२ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २० दशमलव ७३ प्रतिशतले बढेर ९ करोड ९९ लाख रुपैयाँ र संचालन मुनाफा ८ दशमलव ६२ प्रतिशतले बढेर ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको जोखिम युत्त सम्पति १४ दशमलव ५० प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) ७ दशमलव ८४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ७६ गुणा, प्रतिशेयर नेटवर्थ १२९ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २८ दशमल ६३ प्रतिशत रहेको छ ।