हिमालयन बैंक बैंकको नाफा १ अर्ब १६ करोड |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको करिब ६ करोड रुपैयाँले मात्रै बढेको छ । यो बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले यस अवधिसम्ममा व्याज आम्दानीबाट ५ अर्ब ५७ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने ३ अर्ब ७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिसम्मको बैंकको खुँद व्याज आम्दानी २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
८ अर्ब ५२ करोड रुपैयाँ चुक्तापुँजी रहेको यो बैंकले गत पुस मसान्तसम्मा गरेको निक्षेप संकलन १ खर्ब ६ अर्ब रुपैयाँ छ भने यसको ऋण लगानी ९८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
गत वर्षको पुस मसान्तसम्ममा यो बैंकले ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८२ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । यो बैंकको हालसम्म जगेडा कोषमा ६ अर्ब रुपैयाँ राखेको छ ।
यो बैंकको पुँजी कोष ११.३६ प्रतिशत, आधार दर ९.११ प्रतिशत, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा छ । बैंकको खराव कर्जा अनुपात १.२५ प्रतिशत छ भने सीसी रेसियो ७८.४५ प्रतिशत रहेको छ ।