सिन्धु विकास बैंकको मुनाफामा १४० प्रतिशतले बढ्यो |
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा नाफा २ करोड ६५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४० दशलमव ४७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड १० लाख रुपैयाँ कमाएको थियो ।
५० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैकले जगेडाकोषमा ९ करोड ७३ लाख रुपैयाँ छुटाएको छ । जसको निक्षेपमा २ अर्ब २५ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ८१ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । जसले गत वर्षको सोहिअवधिको तुलनमा कर्जामा २७ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३३ दशमलव ३३ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३८ दशमलव ४६ प्रतिशतले बढेर ३ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ७२ प्रतिशत, जोखिम युक्त सम्पत्ति २५ दशमलव ७९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव ६३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ ११९ दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ५७ दशमलव ७९ प्रतिशत रहेको छ ।