स्वाभिमान लघुवित्तले कमायो ८२ लाख |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा ८२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । जसले यस त्रैमासमा राम्रो प्रगति गरेको छ ।
४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ५५ लाख रुपैयाँ राखेको छ । जसको निक्षेपमा १८ करोड ८९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १६७ दशमलव ८४ प्रतिशतले वृद्धि गरी ६० करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ ।
स्वाभिमान लघुवित्तको खुद व्याज आम्दानी ४६६ दशमलव ६६ प्रतिशतले बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको सोहिअवधिमा संचालन मुनाफा ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यस लघुवित्तले प्रोभिजनमा २० लाख रुपैयाँ छुटाएको छ भने खराब कर्जा १ लाख रुपैयाँ मात्र उठाएको छ ।
जसको निष्कृय कर्जा शुन्य दशमलव १४ प्रतिशत र जोखिम युक्त सम्पत्ति ८ दशमलव ३७ प्रतिशत रहेको छ ।