खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएपछि छुट्टै नाममा आपूर्ति कम्पनी बनाइने |
काठमाडौं । सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्ति सम्बन्धि काम गर्ने ब्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रुपान्तरण गर्ने आवश्यक प्रकृया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको छ ।
माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषदको निर्णयमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्नेदेखि कांग्रेस नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघमै राख्नेलगायतका विषयहरु छन्।् ।