नयाँ नेपाल लघुवित्तको नाफा २०९ प्रतिशतले बढ्यो |
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा २०९ दशमलव १९ प्रतिशतले वृद्धि गरी २५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ लाख रुपैयाँ कमाएको थियो ।
७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा २ करोड ३८ लाख रुपैयाँ छुटाएको छ । जसको निक्षेपमा १० करोड १ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५१ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा गत वर्षको सोहिअवधिको तुलनाभन्दा १०८ प्रतिशतले वृद्धि गरेको छ ।
माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ६२ दशमलव ४३ प्रतिशतले बढेर १ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव १७ प्रतिशतले बढेर ६ लाख रुपैयाँ आर्जन गरेको छ । खुद व्याज आम्दानी बढे पनि संचालन मुनफा घटेको छ । तर नाफा भने बढाएको छ । कम्पनी नाफा कर्जा तथा खराज कर्जा ३४ लाख रुपैयाँ उठाउन सफल भएको छ । जसले गर्दा पनि नाफा बढेको हो । जसले प्रोभिजनमा ६७ लाख रुपैयाँ छुृटाएको छ ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ९३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १८ दशमलव २३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ३६ रुपैयाँ, मल्य आम्दानी अनुपात २१२ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ १३० दशमलव १५ रुपैयाँ र तरलता अनुपात १६ दशमलव ७० प्रतिशत रहेको छ ।