हुन्डाइको इलेक्ट्रिक कार कोना इभ सार्वजनिक, मूल्य ५१ लाख ९६ हजार |
काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । नयाँ बर्षको पहिलो महिनाको अन्तिम दिन कम्पनीले कोना इभ गाडी बजारमा ल्याएको हो ।
यो पहिलो पूर्ण ईलेक्ट्रिक सबकम्प्याक्ट कयुभी हो । यसमा क्लोज्ड ग्रीले छ । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहजरुपमा सिफ्ट बाइ वायर मोडलले गाडी चलाउन सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।
कोना इभ सबै प्रयोजनको लागि चलाउन मिल्ने छ । यसको सुरुवाति मूल्य ५१ लाख ९६ हजार रुपैयाँ राखिएको छ । यसमा १३५ पीएसको पावर छ । सिङ्गल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटरभन्दा बढी (रिजेनेरेटिङ ब्रेकिङ इफेक्ट समेत) रहेको छ ।
कोना इभको अर्को बिशेषता टप–बटम एईडी डीआरएलएस र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडी रियर ल्याम्पहरु, अटोहोल्डको साथ ईलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो र हावा जाने अगाडिको सिटहरु, तार रहीत चार्जर (फोन), ६ एअरब्याग, हिल एसिस्ट कन्ट्रोल पनि हो ।