५ लाख घूस लिँदालिँदै नायब सुब्बा पक्राउ |
काठमाडौं । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेलाई ५ लाख रुपैयाँ घूससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबरहमहलस्थित नव परिसरबाट घूस रकमसहित पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ ।