वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा ३१ प्रतिशतले वृद्धि |
काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३१ दशमलव ४२ प्रतिशतले वृद्धि गरी ४ करोड ७० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ३ करोड ५८ लाख रुपैयाँ कमाएको थियो ।
बैकले निक्षेपमा १० दशमलव ५० प्रतिशतले वृद्धि गरी ३ अर्ब २९ करोड ३५ लाख रुपैयाँ संकलन गरी कर्जामा २ अर्ब ८४ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १७ दशमलव १० प्रतिशतले बढेर ८ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३० दशमलव ३५ प्रतिशतले बढेर ७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८८ प्रतिशत, जोखिम युक्त सम्पत्ति २२ दशमलव १० प्रतिशत, प्रतिशेयर आम्दानी ९ दशमलव ३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११९ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २५ दशमलव १० प्रतिशत रहेको छ ।