मिर्मिरे माइक्रोफाइनान्सको नाफा २० प्रतिशतले वृद्धि |
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आव २०७५⁄०७६ को दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ७५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २० दशमलव २५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।
१० करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा ८ करोड ७८ लाख रुपैयाँ राखेको छ ।
माइक्रोफाइनान्सले निक्षेपमा ५८ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ८ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको तुलनाभन्दा कर्जामा ८६ दशमलव ५४ प्रतिशतले वृद्धि गरेको छ ।
माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ३० दशमलव ७६ प्रतिशत बढेर ५ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० प्रतिशतले बढेर २ करोड २० लाख रुपैयाँ पुगेको छ ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ७१ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ८४ प्रतिशत, प्रतिशेयर आम्दानी ३४ दशमलव १९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ९५ गुणा, प्रतिशेयर नेटवर्थ १८४ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात २९ प्रतिशत रहेको छ ।