गोर्खाज फाइनान्सको नाफा १७१ प्रतिशतले बढ्यो |
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १७१ दशमलव १९ प्रतिशतले वृद्धि गरी ६ करोड ९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा २ करोड २४ लाख रुपैयाँ कमाएको थियो ।
गोर्खाज फाइनान्सले निक्षेपमा ३० दशमलव ५९ प्रतिशतले वृद्धि गरी ५ अर्ब ९० करोड ३६ लाख रुपैयाँ संकलन गरी कर्जामा ४ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । जबकी गता वर्षको तुलनाभन्दा २० दशमलव १३ प्रतिशतले वृद्धि गरेको हो ।
फाइनान्सको खुद व्याज आम्दानी २३ दशमलव ४६ प्रतिशतले घटेर ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ९२ लाख रुपैयाँ नोक्सान रहेको छ । तर पनि फाइनान्स नाफा बढाएको छ । खराब कर्जा ९ करोड ६२ लाख रुपैयाँ उठाएर फाइनान्सले नाफा बढाएको हो ।
फाइनान्सको निष्कृय कर्जा ४ दशमलव ३२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १८ दशमलव ९९ प्रतिशत, प्रतिशेयर आम्दानी १४ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव ६९ गुणा, प्रतिशेयर नेटवर्थ १४० दशमलव २६ रुपैयाँ र तरलता अनुपात ३६ दशमलव ८० प्रतिशत रहेको छ ।