एक्सेल डेभलपमेन्ट बैंकको नाफा १० प्रतिशतले वृद्धि |
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ९ दशमलव ८८ प्रतिशतले वृद्धि गरी ८ करोड २५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ७ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।
६९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३४ करोड ५७ लाख रुपैयाँ राखेको छ ।
बैंकले निक्षेपमा ६ अर्ब ११ करोड ९२ लाख रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब ४० करोड २ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २३ दशमलव ८४ प्रतिशत बढेर १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव १८ प्रतिशतले बढेर ११ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ५५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ४५ गुणा, प्रतिशेयर नेटवर्थ १४९ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव १७ प्रतिशत रहेको छ ।