इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्ब ९७ करोड, ऋण १४ अर्बले बढ्यो |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको छ । यस अवधिमा बैंकले ऋण बिस्तार १ खर्ब २७ अर्ब रुपैयाँ पुर्याएको छ । एक बर्षअघि ऋण १ खर्ब १३ अर्ब रुपैयाँ मात्र थियो । पछिल्लो तीन महिनामा बैंकले मोटामोटी ३ अर्ब रुपैयाँ ऋण बढाएको छ ।
बैंकको निक्षेप एक खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । तीन महिनाअघि निक्षेप एक खर्ब ४१ अर्ब रुपैयाँ थियो । अघिल्लो पुसमा निक्षेप एक खर्ब २९ अर्ब रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी करिव १२ अर्ब रुपैयाँ छ ।
बैंकको खराब कर्जा अनुपात १.१२ प्रतिशतबाट बढेर २ प्रतिशतमाथि पुगेको छ । बैंकको कर्जा˗पूँजी˗निक्षेप अनुपात ७६ प्रतिशत हाराहारी छ । बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ छ ।