ʽलेखा पेशा र अबको बाटोʼ सम्वन्धी एक दिने सम्मेलन गरिने |
काठमाडौं । ʽनेपालमा लेखा पेशा र अबको बाटोʼ सम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले समृद्ध नेपालको यात्रा तय गर्नको लागि स्वच्छ र विश्वासयोग्य लेखा परीक्षण आवश्यक रहेको भन्दै लेखा व्यवसाय र अबको बाटो (अकाउन्टिङ प्रोफेसन एण्ड वे फरवार्ड) सम्मेलन गर्न थालेको हो ।
संस्थाको २२ औँ वार्षिक उत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक नियकाहरूको उपस्थितिमा १७ माघमा काठमाडौंमा गरिने सम्मेलनलाई चार शत्रमा विभाजित गरिएको छ । सम्मेलनको पहिलो सत्रमा डाटा सुरक्षा (ब्ल्किङ) र वित्तीय बजारको बारेमा जानकारी गराइने कार्यक्रम रहेको छ । नेपालको वित्तीय वजारमा ब्ल्किङको अवधारणा प्रयोगमा ल्याउन कसरी सहजता हुन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको दोस्रो शत्रमा लेखामा कसरी गुणस्तरीयता प्रदान गर्न सकिन्छ र कुन आधारमा गुणस्तरको आश्वस्तता दिलाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउने तथा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । तेस्रो शत्रमा संस्थागत सुशासनको लागि व्यवसायिक लेखापालहरुको भूमिकाका साथै संस्थागत सुशासन रिपोर्टिङ सम्बन्धमा जानकारी गराउने आइक्यानका अध्यक्ष जगनाथ उपाध्यायले जानकारी गराए ।
त्यस्तै एकदिवसीय कार्यक्रमको अन्तिम शत्रमा नेपालमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा लागु गरिएको नेपाल वित्तीय प्रतिवेदनका सम्बन्धमा अनुभव आदान प्रदान गरिने कार्यक्रम राखेको छ । जसमा बैक तथा बित्तीय संस्थाका प्रतिनिधहरुका साथै बीमा क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
यो सम्मेलनले चार्टर एकाउन्टे क्षेत्रमा देखिएको समस्या र समधानको उपायका साथै आम जनाताका चार्टर्ड एकाउन्टले गरेको कामलाई विश्वासमय बनाउन सहयोग पुग्ने अध्यक्ष उपाध्यायले बताए ।