क्यान इन्फोटेक शुरु, सुविसुको आर्टिफिसियल इन्टेलिजेन्स जडान गरिएको सेटअप बक्स सार्वजनिक |
काठमाडौं । सूचना, प्रविधि तथा विज्ञानका अत्याधुनिक उपकरणको मेला क्यान इन्फोटेक शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मेला उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा मन्त्री बास्कोटाले कम्प्युटर आम नेपाली जनतासम्म पुग्नुपर्ने बताउँदै सूचना प्रविधि अब कुनै वर्ग, व्यक्तिमा सिमित नराखी सर्वसुलभ रुपमा सबैसँग पुग्नुपर्ने बताए । मन्त्री बाँस्कोटाले देशमा कनेक्टीभिटी अझै सुलभ हुन नसकेको बताउँदै कनेक्टिभिटी लाईनको मार्ग अझै खुला भइनसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यस क्षेत्रमा आवद्ध व्यवसायीहरूले ग्राहकहरूलाई सुन्तुष्टी दिन सक्नु पर्छ र जबसम्म सन्तुष्टी दिन सकिदैन तबसम्म सेवाको महत्व नहुने बताए ।
नेपाल चेम्वर्स अफ कर्मशका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको प्रयोग गरी देशको व्यापार घाटा कम गर्न सक्ने सुझाव दिएका थिए । मल्लले यस क्षेत्रमा
आवद्ध व्यवसायीहरू निराश छन् । सूचना पार्क उपयोग विहिन भएको छ । सूचना प्रविधिको क्षेत्रमा हजारौं जनशक्ति तयार भएका छन् । आफ्नै देशमा सूचना प्रविधिको विकास गरी विदेशिएका युवाहरूलाई रोजगार दिने वातावरण बनाउनु पर्ने बताए ।
यो वर्ष सुविसु केवल नेटवर्कले ग्राहकको लागि आर्टिफीसीयल इन्टेलिजेन्स जडान गरिएको सेटअप बक्स सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । हामीले ग्राहकलाई दिँदै आएको डिजिटल सेटअप बक्समा एलेक्जा समावेश गरेर बजारमा ल्याउँदै छौँ ।, उनले भने,ʽअब ग्राहकले रिमोटकै भरमा बोलेर च्यानल सर्च अथवा चेन्ज गर्न सक्नेछन्। विदेशी उत्पादन भएको कारण ग्राहकले भाषा भने अंग्रेजी नै प्रयोग गर्नुपर्ने हुन्छ ।ʼ उनले भने ।
प्रमुख प्रायोजक सुविसु केवल नेटवर्क प्रालिका अध्यक्ष सुधीर पराजुलीले आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवयर पहिलो पटक प्रयोगमा ल्याएको बताए ।
एशोसिएटस् स्पोन्सर ई–सेवाकाको तर्फबाट रोशन लामिछानेले इन्फोटेक मेला विगतको भन्दा फरक हुने विश्वास लिएको बताउँदै डिजिटल पेमेन्ट प्रविधिको जानकारी गराएका थिए । क्यान महासंघका महासचिव रञ्जित पोदारबाट मेलामा रोवट व्याटल कम्पिटिशन, इनोभेशन सेन्टर र ड्रोन लगायत विविध आकर्षणहरू भएको बताए ।