आज काठमाडौंमा पानी पर्न सक्ने, ३ दिनसम्म मौसममा बदली |
काठमाडौं । देशभरको मौसममा पूर्ण सुधार आउन अझै बिहीवारसम्म लाग्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार अझै बिहीवारसम्म देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
महाशाखाले आज मंगलवार दिउँसो देशका पहाडी भेगहरूमा आंशिक बदली हुने तथा पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुन सक्ने पूर्वानुमान गरेको छ ।
मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘पूर्व र मध्यको आइसोलेटेड ठाउँहरूमा हल्का पानी पर्ने सम्भावना छ । भोलि सुदूरपश्चिम क्षेत्रमा पानी पर्न सक्छ ।’ आज मंगलबार काठमाडौंमा पानी पर्ने सम्भावना छैन ।