नेपाल इन्स्योरेन्सलाई ६५ प्रतिशत हकप्रद विक्री गर्न अनुमति, चुक्ता पूँजी एक अर्ब पुग्ने |
काठमाडौं । नेपाल इन्स्योरन्सले धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद विक्री गर्न अनुमति प्राप्त गरेको छ । हकप्रद जारीसँगै कम्पनीको बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्युनतम चुक्ता पूँजी कायम हुने भएको छ ।
इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ९१ः०.६५ अनुपातमा ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयरविक्री गर्न अनुमति पाएको हो ।
इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक यसअघि नै चयन गरिसकेको छ ।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५७० रूपैयाँमा कारोबार भएको छ ।