मेरो माइक्रोफाइनान्सलाई हकप्रद निष्काशन गर्न अनुमति |
काठमाडौं । मेरो माइक्रोफाइनान्सले धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेको छ । बोर्डले माघ १४ गते सोमबार माइक्रोफाइनान्सलाई चुक्ता पूँजी बराबर नै हकप्रद निष्काशनको स्वीकृती दिएको हो ।
बोर्डबाट स्वीकृती पाएसँगै माइक्रोफाइनान्सले अब छिट्टै हकप्रद निष्काशन मिति तोक्नेछ ।
माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्नेछ ।
हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले पनिात कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ ।