कन्काई विकास बैंकले नाफा २ करोड ६२ लाख |

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा २ करोड ६२ लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ३६ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिको तुलनामा नाफा १ करोड ९१ लाख रुपैयाँ कमाएको थियो ।
५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा ६ करोड ८८ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १ अर्ब ९० करोड ९८ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ । जसले खुद व्याज आम्दानीमा २७ दशमलव ५८ प्रतिशतले वृद्धि गरी ७ करोड ४६ लाख रुपैयाँ र संचालन मुनाफामा २८ दशमलव ५७ प्रतिशतले बढेर २ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशत, जोखिम युक्त सम्पत्ति २७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव ४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११ दशमलव ५४ गुणा, प्रतिशेयर नेटवर्थ ११६ दशमलव २१ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ८९ प्रतिशत रहेको छ ।