नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकका बोनस शेयर सूचिकृत |
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आज सोमवार दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेले नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकको कुल ४० लाख ९९ हजार ३२६ कित्ता बोनस शेयर सूचिकृत गरेको हो ।
सोमध्ये लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता र महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।