एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा | न्यूनतम १०० कित्तासम्मको आवेदन दिन सकिने, आवेदन दिने अन्तिम म्याद माघ २८ गते
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक हकप्रद शेयर लिलामी हुने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर लिलामी गर्न लागिएको जानकारी दिएको हो ।
कम्पनीले संस्थापक शेयरधनीहरूका लागि १ कित्ता बराबर १.०५ कित्ताका दरले १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको करिब २ लाख कित्ता शेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहने लगानीकर्ताले यही माघ २८ गतेसम्ममा न्यूनतम १०० कित्ताका लागि बोलकबोलको आवेदन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । उक्त शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको शेयर मूल्य हाल ८४० रुपैयाँ कायम रहेको छ ।