बाघको हड्डीसहित दुई जना पक्राउ |
काठमाडौं । प्रहरीले बाघको हड्डीजस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार प्रहरीले गत शनिवार दक्षिणकाली नगरपालिका– १, चाल्नाखेलकी सविता लामाको घरबाट ५६ पिस बाघको हड्डीजस्तो देखिने वस्तु बरामद गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट खटिएको प्रहरी टोलीले उक्त वस्तुसहित सविता लामा र सिन्धुपाल्चोक चोगदे– ६ का अजय गुरूङलाई पक्राउ गरेको छ । सोसम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।