नेपाल एसबीआई बैंकले नाफा १ अर्बमाथि |
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टयाण्डर्ड (एनएफआरएस) रिपोट अनुसार आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २ करोड २७ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ०२ प्रतिशतले बढि हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ९१ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । यो गत वर्षको तुलनामा ५ प्रतिशतले बढि हो । यसले जगेडाकोषमा ४ अर्ब ४७ करोड १८ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ९७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा ९० अर्ब ९२ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेपमा १४ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको छ भने कर्जामा २७ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।
बैंंकको खुद व्याज आम्दानी १६ दशमलव १३ प्रतिशतले बढेर २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९ दशमलव ०९ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रति शेयर आम्दानीमा २४ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६ दशमलव ०७ गुणा, प्रति शेयर नेटवर्थ १५२ दशमलव ९३ रुपैयाँ, तरलता अनुपात २१ दशमलव ९६ प्रतिशत रहेको छ ।
जसको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ८० प्रतिशत, आधार व्याजदर ९ दशमलव ८२ प्रतिशत र कोषको लागत ५ दशमलव ९१ प्रतिशत रहेको छ ।