प्रोग्रेसिभ फाइनान्सको नाफा २ करोड ४५ लाख |
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ४५ लाख रुपैयाँ कमाउन सफल भएको छ । फाइनान्सको गत वर्षको सोहि अवधिमा ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
६४ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३ करोड ७७ लाख रुपैयाँ छुट्टाएको छ । फाइनान्सले निक्षेपमा ७५ करोड २९ लाख रुपैयाँ संकलन गरी कर्जामा ७७ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी ४१ दशमलव ४६ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिमा संचालन मुनाफा ८२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
फाइनान्सको निष्कृय कर्जा १ दशमलव ५३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ७१ दशमलव ०९ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ७ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६ दशमलव २१ गुणा, प्रति शेयर नेटवर्थ १०५ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात ८६ दशमलव ०३ प्रतिशत रहेको छ ।