नेको इन्स्योरेन्सका सञ्चालक कृति कुमारीको राजीनामा स्वीकृत |

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सञ्चालक कृति कुमारी महतोको राजीनामालाई स्वीकृत गरेको छ । इन्स्योरेन्सको हालै सम्पन्न ३६३औँ संचालक समितिको बैठकले सञ्चालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।
कम्पनीले गत माघ ११ गतदेखि लागू हुने गरी श्री वीके विनायक प्रालिको तर्फबाट प्रतिनिधित्व गरेकी संस्थापक संचालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।