एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बगरमा | राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हालै कास्की जिल्लाको पोखरा महानगरपालिका– १, बगरमा आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले यही माघ ११ गते औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।
गत साउन २५ गतेबाटै कारोबार शुरू गरिरहेको उक्त शाखाको औपचारिक उद्घाटन गर्दै कार्यकारी निर्देशक पौडेलले एनआईसी एशिया बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सवल बनाउँदै गएको बताए । उनले यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो ।
हाल बैंकले मुलुकभर रहेका २७५ वटा शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । वासलातको आकार रू. २१६ अर्बभन्दा बढी, कुल निक्षेप करिब रू. १७५ अर्ब पुगेको उक्त बैंकले कुलकर्जा लगानी करिब रू. १४९ अर्ब पुर्याउन सफल भएको छ ।
ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको उक्त बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।