एलजीले फेब्रअरी २४ मा फाइभ जी स्मार्टफोन सार्वजनिक गर्दै |
दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले फाइभ जी स्मार्टफोन सार्वजनिक गर्दै छ । कम्पनीले आगामी फेब्रअरी २४ मा स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा आफ्नो पहिलो फाइभ जी स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको छ ।
रिपोर्टअनुसार यसमा क्वालकोमको सबैभन्दा पछिल्लो स्नापड्रागन ८५५ प्रोसेसरको प्रयोग गरिनेछ । फोनमा ४ हजार मिलिएम्पिएर आवर क्षमताको ब्याट्री हुनेछ, जसले फास्ट चार्जिङ्ग प्रविधि पनि सपोर्ट गर्नेछ ।
विश्वमा फाइभ जी नेटवर्कमा चल्ने स्मार्टफोन निर्माणको दौडमा रहेका कम्पनी मध्ये एलजी एक हो । एलजी सँगै सामसुङ, वनप्लस, शाओमी तथा ओप्पो जस्ता कम्पनीहरुले पनि फाइभ जी स्मार्टफोन निर्माणमा काम गरिरहेका छन् ।
नयाँ ब्राण्डिङ्गका साथमा एलजीले बजारमा ल्याउने स्मार्टफोनका कारण २०१९ को पहिलो आधा वर्षमा एलजीका स्मार्टफोनको विक्रिदर ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ ।
एजेन्सी