महिन्द्राले ल्यायो उच्च प्रविधि र उपकरण सहितको एमसीकेयर भ्यान | ग्राहकको सेवालाई थप गुणस्तरिय बनाउन सहयोग पुग्ने

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले ग्राहकको सेवालाई थप गुणस्तरिय बनाउन घरदैलो सेवा र तालिम प्रदान गर्ने उदेश्यले एमसीकेयर भ्यान ल्याएको छ । एमसीकेयर भ्यानमा उच्च प्रविधि तथा उपकरणहरू रहेको छ । जसले ग्राहकहरुकोे सेवाका लागी आवश्यक परेको समयमा प्राबिधिक विशेषज्ञ सहितको टोली लिएर साइटमै पुग्नेछ । चुनौती पुर्ण सडकको अवस्था, कुशल सेवा सुबिधा र पहुँच सिमा अवधी लाई विशेष ध्यानमा राख्दै एमसीकेयर भ्यानले सरल र सुलभ सेवा दिनेछ ।
सो भ्यानको उद्घाटन दुगड ब्रदर्स एन्ड सन्स प्रालिका प्रवन्ध निर्देशक विवेक दुगड, कन्ट्री हेड (नेपाल र भुटान) चैतन्य कागल्कार, स्पेर पार्ट्स हेड, महिन्द्रा राजेन्द्र अभिजित, कन्ट्री सर्भिस म्यानेजर तपस पट्नायक, दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अप्रेशन शम्भु सुवेदी र नेपाल सर्भिस हेड सुदिप राज सुवेदीले गरेका थिए ।
एमसीकेयर भ्यानले स्थानीय वर्कशपहरुमा पनि प्राविधिक क्षमताको निर्माण गर्न महिन्द्राका प्रशिक्षित विशेषज्ञद्वारा नवीनतम प्रबिधी र उपकरणहरुको माध्यमले प्रशिक्षण दिनेछ । पहिलो चरणमा एमसीकेयर भ्यानले २० जिल्लाका १५० जना स्थानीय प्राविधिक, २०० चालक, ५ प्राविधिक संस्थान र ग्राहकहरूको पहुँचमा पुगेर प्रशिक्षित गर्नेछ ।
एमभी दुगड ग्रुपकी पीआर हेड बिमला थापाद्वारा संचालित उक्त कार्यक्रम बालाजु अवस्थित महिन्द«ाको शोरुममा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको थियो ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड २०.७ हजार करोड डलरको महिन्द्रा एण्ड महिन्द्रा गु्रप अन्तर्गतको कम्पनी हो । दुगड ब्रदर्स एण्ड सन्स नेपालले बिगत २६ बर्ष देखी महिन्द्रा एण्ड महिन्द्रासँग सहकार्य गर्दै आएको छ ।