कामना सेवा विकास बैंकको मुनाफा १३ करोड ८२ लाख |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा १ दशमलव ६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।
२ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ५ करोड ३२ लाख रुपैयाँ छुट्टाएको छ । बैंकले निक्षेपमा १७ अर्ब २७ करोड ८५ लाख रुपैयाँ संकलन गरी कर्जामा १५ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ लगानी गरको छ । जसले खुद व्याज आम्दानीमा २२ दशमलव ७२ प्रतिशतले बढेर ३७ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १७ दशमलव ५ प्रतिशतले बढेर १८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रोभिजनमा ७ करोड ८७ लाख रुपैयाँ छुटाएको छ भने खराब कर्जा २ करोड ८८ लाख रुपैयाँ उठाएको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ६७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १९ दशमलव २० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैंया ०५ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ०९ पैसा, मूल्य आम्दानी अनुपात ११ दशमलव २८ गुणा र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत रहेको छ ।