आईसीएफसी फाइनान्सको मुनाफा १४ प्रतिशतले घट्यो |
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा मुनाफामा १४ दशमलव ०६ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा नाफा ७ करोड १८ लाख रुपैयाँ कमाएको थियो ।
८८ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा २७ करोड ४१ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ९ अर्ब २ करोड ३ लाख रुपैयाँ संकलन गरी कर्जामा ७ अर्ब ६० करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ ।
जसले खुद व्याज आम्दानीमा ३५ दशमलव ५३ प्रतिशतले बढेर १६ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ५१ दशमलव ९२ प्रतिशतले बढेर ७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जसले गत वर्षको तुलनामा कर्मचारी खर्चपनि बढाएको छ । यस फाइनान्सले प्रोभिजनमा २ करोड २३ लाख रुपैयाँ छुटाए पसन खराब कर्जा जम्मा १ करोड रुपैयाँ उठाएको छ । अघिल्लो वर्षको तुलनामा खराब कर्जा कम उठाएको हुदाँ पनि नाफामा वृद्धि नदेखिएको हो ।
फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ३० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११ दशमलव ०१ गुणा र तरलता अनुपात २३ दशमलव ८७ प्रतिशत रहेको छ ।