सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले वृद्धि |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमास सम्ममा खुद मुनाफा ७७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा २२ दशमलव ५४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा ६२ करोड ८६ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद व्याज आम्दानीमा ५३ दशमलव ३८ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा २४ दशमलव ११ प्रतिशतले बढेर १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुँदा नाफा पनि बढेको हो ।
बैंकले निक्षेपमा ११ दशमलव ३९ प्रतिशतले वृद्धि गरी ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ संकलन गरी कर्जामा ६० अर्ब ४७ करोड ४४ लाख रुपैयाँ लगानी गरको छ । जसले कर्जामा १५ दशमलव ३८ प्रतिशतले वृद्धि गरेको छ ।
यस बैंकले ८ अर्ब ३७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको छ भने जगेडाकोषमा ३ अर्ब ३७ करोड २३ लाख रुपैयाँ छुटाएको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ६२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ५८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैंया ४२ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा, मूल्य आम्दानी अनुपात ११ दशमलव २० गुण र तरलता अनुपात २१ दशमलव ०४ प्रतिशत रहेको छ ।