प्रभु बैंकको सीईओमा पुनः शेरचन |

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई दोस्रो कार्यकालका लागि फेरि नियुक्ति दिएको छ । गत बिहीवार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई माघ १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उनको कार्यकाल सकिन केही दिन मात्र बाँकी हुँदा उनलाई बैंकले पुनः नियुक्ति दिएको हो ।
प्रभु बैंकलाई माथि उकास्न उनको महत्वपूर्ण योगदान रहेको छ । उनले डेढ दर्जन खराब संस्थालाई गाभेर प्रभु बैंकलाई आकर्षक वाणिज्य बैंक बनाएका हुन् । बैंकर शेरचनको कुशल कार्यसम्पादनलाई हेरेर पनि संचालक समितिले दोस्रो कार्यकालका लागि बैंक सञ्चालनको जिम्मा दिएको हो ।
शेरचनसँग एनसीसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ वर्षको बैंकिङ अनुभव रहेको छ ।