तिनाउको मुनाफा ४ करोड ७ लाख |
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा १ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा ३ करोड ९९ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद व्याज आम्दानी तथा संचालन मुनाफामा सामान्य मात्र वृद्धि गरेको हुदाँ खासै नाफा बढाउन भने सकेको छैन । बैकले अन्य संचालन मुनाफा २ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जसले यस त्रैमासमा प्रोभिजनमा १ करोड ६९ लाख रुपैयाँ राखेको छ भने खराज कर्जा ८२ लाख रुपैयाँ उठाएको छ ।
तिनाउ बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ पुर्याएको छ भने जगेडाकोषमा १८ करोड ७६ लाख रुपैयाँ राखेको छ । बैंकले यस त्रैमासमा निक्षेप ५ अर्ब १७ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ७६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १६ दशमलव ०८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ५२ गुणा, प्रतिशेयर नेटवर्थ १३७ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ३२ प्रतिशत रहेको छ ।