सबैको लघुवित्तले कमायो १ करोड २० लाख |
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड २० लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहिअवधिमा ५२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
जसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ पुर्याएको छ भने जगेडाकोषमा १ करोड ३१ लाख रुपैयाँ छुटाएको छ । यस लघुवित्तले निक्षेपमा ६९३ दशमलव ५४ प्रतिशतले वृद्धि गरी २४ करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा पनि अत्याधिक मात्रा वृद्धि गरेको छ । जसले कर्जामा पनि ४५८ दशमलव ०४ प्रतिशतले वृद्धि गरी १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।
सबैको लघुवित्तको खुद व्याज आम्दानी ४४० प्रतिशतले वृद्धि गरी २ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिमा संचालन मुनाफा ५६ लाख रुपैयाँले नोक्सानमा रहेको थियो । जसले अन्य संचालन मुनाफा मात्र २ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ३१ प्रतिशत र तरलता अनुपात १५ दशमलव ९७ प्रतिशत रहेको छ ।