पाकिस्तानलाई यूएईको ३ अर्ब डलर सहयोग, आर्थिक मन्दीबाट माथि उठ्ला ? |

आर्थिक मन्दीको सामना गरिरहेको पाकिस्तानलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ३ अर्ब डलर सहायता दिने भएको छ । लामो कुराकानीपछि यूएईले पाकिस्तानलाई सहयोग गर्न तयार भएको हो ।
स्टेट बैंक अफ पाकिस्तानका प्रमुख तारिक बाजवा र अबू धाबी फण्ड फर डेभलपमेन्टका महानिर्देशक मोहम्मद सैफ अली सुजैदीले उक्त सम्झौताको घोषणा गरेका हुन् ।
पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलले ट्वीट गर्दै भने, ʽयूएईले स्टेट बैंक अफ पाकिस्तानमा तीन अर्ब डलर डिपोजिट गर्ने औपचारिक रुप दिएको छ । अबू धाबीमा उक्त राहत प्याकेजलाई अन्तिम रुप दिइएको छ ।ʼ
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट सहायता प्राप्त नभएपछि यूएईले गत बर्ष डिसेम्बरमा इस्लामाबादलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको थियो । एजेन्सी