ज्योति विकास बैंकको नाफा १७ करोड ४ लाख, १८ प्रतिशतले वृद्धि |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ६० प्रतिशतले वढि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४५ करोड ७४ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा २३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ संकलन गरेर कर्जामा २० अर्ब ३३ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले निक्षनेपमा ७६ दशमलव ९२ प्रतिशतले र कर्जामा ६६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा ३६ दशमलव ६५ प्रतिशतले बढेर ४६ करोड ६६ लाख रुपैयाँ र संचालन मुनाफामा २१ दशमलव ९१ प्रतिशतले बढेर २६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा ७ करोड ७२ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १३ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ५० गुणा, प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ८२ प्रतिशत रहेको छ ।