इन्फिनिटी लघुवित्तले कमायो १ करोड २९ लाख |
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गत वर्ष जम्मा १२ लाख ३८ हजार मात्रै कमाएको थियो ।
लघुवित्तको नाफा उल्लेख्य रुपमा बृद्धि भएको देखिएको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा साढे ९ सय प्रतिशतले बढि हो । १४ करोड चुक्ता पुँजी रहेको यो वित्तीय संस्थाको जगेडा कोषमा १ करोड ८३ लाख रुपैयाँ छ ।
यसले चालू आवको दोस्रो त्रैमाससम्ममा ३९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसले लिएको सापटी मात्रै ८८ करोड ६४ लाख रुपैयाँ छ ।
यसले यो अवधिसम्ममा व्याज आम्दानीबाट ९ करोड ५२ लाख रुपैयाँ कमाएर यसवापत गरेको खर्च ५ करोड ६१ लाख रुपैयाँ गरेको छ । यसले खुँद व्याज आम्दानी ३ करोड ९० लाख रुपैयाँ छ । यसको खराब कर्जा अनुपात १।३३ प्रतिशत रहेको छ ।