कालिका लघुवित्तको नाफा २४ प्रतिशतले घट्यो |
काठमाडौ, माघ ९ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा २४ दशमलव ८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा ६५ लाख रुपैयाँ कमाएको थियो ।
८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीबाट १० करोड ८० लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडाकोषमा ५ करोड १८ लाख रुपैयाँ राखेको छ ।
कालिकाले निक्षेपमा ६० करोड २६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ५३ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ५१ प्रतिशतले वृद्धि गरेको छ ।
जसको खुद व्याज आम्दानीमा ४६ दशमलव ३४ प्रतिशतले बढेर ६ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ८० प्रतिशतले घटेर २७ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी बढाएपनि संचालन मुनाफा भने घटेको छ । जसले गर्दा नाफा घटेको हो । कम्पनीले प्रोभिजनमा १ करोड ४२ लाख रुपैयाँ छुटाएको छ भने खराबकर्जा ४९ लाख रुपैयाँ उठाएको छ ।
बैकको प्रतिशेयर आम्दानी वार्षिक ९ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १ सय गुणा, प्रतिशेयर नेटवर्थ १४८ दशमलव ०३ रुपैयाँ र तरलता अनुपात ८ दशमलव ९९ प्रतिशत रहेको छ ।