आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आईपीओ आउँदै | कम्तिमा १० कित्तासम्म आवेदन गर्न पाइने
काठमाडौं । प्रभु ग्रुपअन्तर्गत सञ्चालित नुवाकोटको ककनी मुख्य कार्यालय रहेको आशा लघुवित्तले सर्वसाधारणका लागि साधारया शेयर जारी गर्ने भएको छ । संस्थाले उक्त आईपीओ यही माघ १८ गतेदेखि खुल्ला गर्ने जानकारी दिएको छ ।
संस्थाले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ७४ हजार कित्ता साधारण शेयर विक्री गर्न लागेको हो । उक्त शेयर छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ ।
उक्त आईपीओमध्ये १०३७० कित्ता कर्मचारीलाई र ३३७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि खुल्ला गर्न लागेको बताइएको छ ।
उक्त शेयरका लागि १० कित्ता मात्रै पनि आवेदन गर्न सकिन्छ । सामान्यतः अन्य कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने प्रावधान राख्ने गरेकोमा यो संस्थाले भने १० कित्ताका लागि मात्रै पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ । यो संस्थाको बढीमा ३३७० कित्ता शेयरका लागि आवेदन गर्न सकिनेछ ।