ग्लोबल आईएमई बैंकको कामु सीईओमा ढकाल |

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सीईओमा महेश ढकाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलले राजीनामा दिएपछि बैंकले डेपुटी सीईओमा कार्यरत ढकाललाई बढुवा गरी कामु सीईओको जिम्मेवारी दिएको हो ।
सीईओ पौडेलले राजीनामा दिएपछि अर्को व्यवस्था नहुँदासम्मका लागि ढकाललाई कामुको जिम्मेवारी दिइएको बैंकले बताएको छ ।
तत्कालीन टुरिज्म डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चार्टर्ड एकाउण्टेण्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ बनेका थिए ।