टीभीएसद्वारा आयोजित ४ दिने ग्रान्ड एक्सचेन्जका बिजेता सार्वजनिक |

काठमाडौं । टीभीएस मोटर कम्पनिको नेपालका लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्सद्वारा आयोजित ४ दिने ग्रान्ड एक्सचेन्जका बिजेता सार्वजनिक गरिएको छ । गत पुष २५ गतेदेखि पुष २८ गतेसम्म ʽदि टीभीएस ग्रान्ड एक्सचेन्जʼ कार्यक्रम ग्राहकको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै थप १ दिन बढाइ पुष २९ मा सम्पन्न भएकोे थियोे ।
उक्त कार्यक्रममा निːशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टीभीएसको स्ट्राइकर १२५ सीसी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो । जसको बिजेता लक्की–ड्र मार्फत कार्यक्रमको अन्त्यमा राज कुमार श्रेष्ठलाइ हस्तान्तरण गरिएको थियो ।
एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटरसंग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो ।
ग्राहकहरुको सेवा तथा सुबिधाको लागि गरिएको यस आयोजना मार्फत अत्याधिक ग्राहकहरुको सहभागिताका साथ साथै ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न कम्पनी सफल भएको छ ।
कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २०५ डाउनपेमेन्टमा ०५ ब्याजदर, ८ हजार रुपैयाँसम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम २५ हजार रुपैयाँ मुल्यांकन, ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा टीभीएस स्ट्राइकर १२५ सीसी बाइकलगायत आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।
कम्पनीका बजार प्रमुख बिक्रम पौडेलले भने ʽग्राहकहरुको सक्रिय सहभागिता देखेर हामी निकै खुशि भएका छौ । त्यसैले टीभीएसले आउने दिनहरुमा ग्राहकहरुको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।ʼ