देवः विकास बैकको नयाँ शाखा बर्दियाको मगरागढीमा |

काठमाडौं । देवः विकास बैक लिमिटेडले देशैभरी सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले मगरागढीमा नयाँ शाखा बिस्तार गरेको छ ।
प्रदेश नं. ५ स्थित वर्दिया जिल्ला बरवर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा सोमबार एक कार्यक्रमकाबीच नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
सो शाखा यस बैकको ४५ औ र बर्दिया जिल्ला स्थित पहिलो शाखा हो । विप्रेषण, सी˗आस्वा, एसएमएस⁄इण्टरनेट बैंकिङ, भिसा⁄डेबिट कार्ड, इबैकिंङलगायत सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहकले सो शाखाबाट प्राप्त गर्न सक्ने छन् ।