नेपाल˗भारत जलस्रोत सचिवस्तरीय बैठक भोलीदेखि पोखरामा |
काठमाडौं । भोली बुधवार नेपाल र भारत दुबै देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौं (जोइन्ट स्टेयरिङ कमिटी–जेएसटीसी) वैठक हुन गैरहेको छ । सोही बैठकमा सहभागि हुन आएका ँग भारतीय उर्जा मन्त्रालयका सचिव अजय भल्लाले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।
भेटमा मन्त्री पुनले नेपाल–भारतसम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे । उनले नेपाल भारतसंग उर्जा क्षेत्रमा सहकार्य गर्न थप ईच्छुक रहेको बताए ।
मन्त्री पुनले सरकारले बुढीगण्डकी र दुधकोशीजस्ता ठूला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण, सिंचाई र खानेपानीका लागी सहयोग पुग्ने धारणा राखे । उनले त्यसका साथै तल्लो तटिय लाभका वारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताए ।
मन्त्री पुनले भने ‘हामीले नेपालमा ठुला जलाशययुक्त परियोजनाहरु बनाउंदैछौ, यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’ उनले भारत सरकारले संशोधन गरेको अन्तरदेशीय विद्युत व्यापारको निर्देशिकाले नेपालको विद्युत व्यापारका लागी फाईदा पुर्याएको बताए ।
नेपालमा हाल दुई तिहाई बहुमतसहितको स्थायी सरकार रहेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानीका लागी वातावरण बनाइदिन आग्रह गरे ।
सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतीबारे जानकारी गराउनुका साथै सचिवस्तरीय वैठकका एजेण्डाका बारे जानकारी दिए । सचिव भल्लाले सचिवस्तरीय वैठकमा अन्र्तरदेशिय प्रशारण लाइन, १३२ केभीको कटैया–कुसाहा र रक्सोल–परवानीपुर दोस्रो सर्किट निर्माण र भारतीय लगानीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको बारेमा छलफल हुने बताए ।
उनले वुटवल–गोरखपुर अन्र्तरदेशिय प्रशारण लाइनको बारेमा प्राविधिक तहमा प्रयाप्त छलफल भएको भन्दै सचिवस्तरीय वैठकमा त्यसको टुंगो लगाउने गरी छलफल गर्ने तयारी रहेको जानकारी दिए ।