काठमाडौंमा ३.३ रेक्टर स्केलको भूकम्प |
काठमाडौं । काठमाडौंमा आज मंगलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ११ः२६ बजे भूकम्पको धक्काको महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएअनुसार काठमाडौंको थापाथली क्षेत्रलाई केन्द्रविन्दु पारेर उक्त भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.३ रेक्टर स्केलको भूकम्प रेकर्ड गरिएको जानकारी दिएको छ ।