जाडोमा कोठा चम्किलो बनाउने रङहरू |

राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई अलग पहिचान दिने रङबारे मदन लामिछानेले तयार पारेको एक रिपोर्ट ː
सेतो

सेतो जाडो मौसममा एकदमै मन पराइने रङ हो । सेतो रङको साथमा अन्य रङ मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
सिम्रिक

लिभिङ रूममा कस्तो रङ लगाउने भनेर दोधारमा रहेकाहरूका लागि सिम्रिक उत्तम विकल्प हुन सकछ । सिम्रिक रङ लगाइएको कोठामा प्रवेश गर्ने जो कोहीले फरक खालको अनुभूति गर्छन् ।
नीलो

नीलो रङ हरेक मौसमको शान हो । यो रङले सबै प्रकारको भित्तामा चमक भरिदिन्छ । चाहे यो चम्किलो रङको होस्, या फिक्का । यो रङ जाडो मौसममा अति रुचाइने रङ हो ।
काठ

काठ रङ अधिकांश महिलाका लागि प्रिय हुन सक्छ । किनकि, यसले किचनका भित्तामा लागेको फोहोर सफा गर्न सहयोग गर्छ । कोठालाई सफा राख्न पनि यसले मद्दत गर्छ ।
सुन्तला

सुन्तला रङले घरलाई सुन्दर लूक्स दिन सक्छ । यसमा धरै प्रकारका छायाँ आउँछन्, जुन मनै लोभ्याउने खालका हुन्छन् ।
आइवरी

जाडोका लागि आइवरी उत्तम रङ हो । यस रङले घरलाई चमकदार देखाउन सहयोग गर्छ । यो रङ लिभिङ रूम तथा बेडरूममा लगाउन सकिन्छ ।
हरियो

हरियो यस्तो रङ हो, जसले आँखालाई आनन्द प्राप्त मद्दत गर्छ । यसमा हल्का छायाँ पार्नुहोस् र हेर्नुहोस् । अनि कोठा कति ठूलो देखियो भनेर मक्ख पर्नुहोस् ।
गुलाबी

गुलाबी रङले घर तथा कोठालाई ठूलो तथा चम्किलो देखाउँछ ।
रातो

यो रङले घर तथा कोठालाई उज्यालो देखाउँछ । रातो रङका साथमा अन्य रङ पनि संयोजन गरेर लगाउन सकिन्छ । यो एउटा रोमाण्टिक रङ पनि मानिन्छ । त्यसैले, यसलाई बेडरूममा लगाएर पृथक् लूक्स देखाउन सकिन्छ ।