भेस्पा र अप्रिलियाको एक्सचेञ्ज अफर | रू. १० हजार बोनसदेखि दुई जना भाग्यशाली विजेतालाई बाली ट्रिपसम्म

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डि लाइफस्टाइल्सले आज सोमवारदेखि ग्राहकमुखी एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले ल्याएको यो एक्सचेञ्ज अफर यही माघ ११ गतेसम्म जावलाखेलमा हरेक दिन बिहान ९ः३० देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार उक्त योजनामा ग्राहकहरूले कुनै पनि कम्पनीको जस्तोसुकै बाइक तथा स्कुटर एक्सचेञ्जका लागि ल्याए पनि न्यूनतम मूल्य २५ हजार रुपैयाँका साथै नगद रू. १० हजारको बोनससमेत पाउन सक्नेछन् । ग्राहकले एक्सचेञ्ज स्पटमै सहज रूपमा फाइनान्सको सेवासमेत प्राप्त गर्न सक्नेछन् ।
साथै, हरेक एक्सचेञ्जमा एसेसरिज तथा आकर्षक उपहारहरू पनि प्रदान गर्ने र उक्त योजनामा दुई जना भाग्यशाली विजेताले बाली ट्रिप जित्न सक्ने कम्पनीले बताएको छ ।