स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त |

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो ।
यस अघिका प्रमख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।
तत्कालिन ग्रिण्डलेज बैंकदेखिनै कार्यरत सिल्भानुसले नेपालमा साँढे सात बर्ष काम गरेर फिर्ता भएका छन् । बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव भएका दस्तिदार ब्रुनाइ, फिलिपिन्स र श्रीलङ्कामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् ।
सिल्भानुस बाहिरिएपछि चार्टर्डले नेपालीलाई नै प्रमुख कार्यकारी अधिकृत बनाउने चर्चा थियो । पछिल्लो समय चार्टर्डले स्थानीयलाई नै प्रमुख कार्यकारीको जिम्मेवारी दिँदै आएको थियो ।